Comments Add Comment

आलोकनाथको जवाफः मैले होइन, अरु कसैले बलत्कार गर्‍यो होला

फिल्म र टिभी सिरियलमा ‘संस्कारी बाबु’ को भूमिकामा प्रकट हुने भारतीय अभिनेता आलोकनाथको छवि एकाएक रसातलमा पुगेको छ । एक महिला निर्देशकलाई बलत्कार गरको घटना बाहिर आएपछि उनी बदनाम मात्रै बनेका छैनन्, कानूनी कारवाहीको तरबार पनि उनको घाँटीमा झुण्डिएको छ ।

महिला निर्देशक विनता नन्दाले १९ वर्षअगाडि आफूमाथि भएको बलत्कारको घटना अहिले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । भारतमा अहिले ‘मि टु’ क्याम्पेनको हुरी चलिरहेको बेला नन्दाको हिम्मत बढेको थियो ।उनले भनेकी छन्, ‘मलाई त्यतिबेला उनीविरुद्ध बोल्ने हिम्मत आएन किनकी उनलाई सबैले राम्रो मान्थे । अहिले ठिक समय सोचेर बोलेकी हुँ ।’

यता आलोकनाथले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । एक अन्तरवार्तामा उनले भनेका छन्, ‘यदि उनले नै भनेकी भए पक्कै बलत्कार भयो होला । तर मैले होइन अरु कसैले गर्‍यो होला ।’ उनले विनता कुनै बेला आफ्नो राम्रो साथी भएको भन्दै आफूले नै उनलाई आजको स्थानसम्म ल्याएको दावीसमेत गरेका छन् । स्मरणीय के छ भने आलोकनाथकी श्रीमती र विनता नन्दा मिल्ने साथी थिए । आफ्नी श्रीमतीको मिल्ने साथीलाई बलत्कार गरेको आरोप खेपेका आलोकनाथलाई सामाजिक सञ्जालमा पनि धज्जी उडाइएको छ ।

‘संस्कारी बाबु’को असली रुप: महिला निर्देशकलाई उनकै घरमा बलत्कार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment