Comments Add Comment

हुन्डाईको अत्याधुनिक शोरुम वीरगञ्जमा

२४ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरियन गाडी हुन्डाई ब्रान्डको आधुनिक र सुविधासम्पन्न सो-रुम सञ्चालनमा आएको छ । सेल्स, सर्भिस र स्पेयर्स पार्टस समेत उपलब्ध गराउने गरि सो रुम सञ्चालनमा ल्याईएको हो ।

थ्रिएस सेन्टरको विन्देश्वरप्रसाद साह तथा लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.ली.का कार्यकारी अधिकृत निराकर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रा.ली.ले एकै छानामुनी सेल्स, सर्भिस र स्पेयर्स पार्टसको सुविधा प्रदान गर्ने उद्देश्यले वीरगञ्जमा डिलरसिप दिएको जनाएको छ । अरकिडस् मोटो कोप प्रा.लीले वीरगञ्जका लागि डिलरसीप लिएको छ । बजारमा हुन्डाई ब्रान्डका १८ लाख ९६ हजार देखि १ करोड २८ लाख ९६ हजार रुपैयाँसम्मका गाडी बजारमा छन् ।

वीरगञ्ज र आसपासको क्षेत्रमा बढ्दै गरेको हुण्डाईको गाडीको मागलाई ध्यानमा राखेर डिलर खोलिएको अरकिडस् मोटो कोपका सञ्चालक मुकेस कुमार साहले बताए ।

साहले सुनचाँदी व्यवसाय, बजाज मोटरसाईकल, कपडा व्यवसाय गर्दै अहिले हुन्डाई गाडीको सो रुम सञ्चालनमा ल्याएका हुन् । वीरगञ्ज र आसपासका क्षेत्रमा हुन्डाईका १ सय ५० को हाराहारीमा गाडी सञ्चालनमा रहेको अनुमान गरिएको छ ।

१२ हजार स्क्वायर फिटमा फैलिएको थ्री एस सोरुममा ४ वटासम्म गाडी डिस्प्ले गर्न सकिने, दक्ष प्राविधिकहरु तथा एयर कन्डिसन र वाईफाई सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ ।

सर्भिस सेन्टरमा महिनामा ३ सय वटासम्म गाडीलाई सेवा दिन सकिने सञ्चालक कम्पनीले जनाएको छ । हुन्डाई विश्वमै ५ औं लार्ज म्यानुफ्याक्चरिङ कम्पनी र छैठौं उत्कृष्ट ब्रान्डको रुपमा रहेको दावी गरिएको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलका व्यवस्थापक रुपेश शर्मा भट्टले फास्टेस्ट ग्रोईङ कम्पनीको पहिचान बनाउन सफल हुन्डाईले ग्राहकको चाहनालाई ध्यानमा राखेर वीरगञ्जमा सोरुम सञ्चालनमा ल्याएको बताए ।

‘हुन्डाई यसकारणले पनि सफल छ कि एकपटक आफूकहाँ आएका ग्राहक अन्त नजाउन भन्ने चाहन्छ, आफ्टर सेल्स सर्भिर्समा विशेष ध्यान दिने गरेको छ,’ उनले भने ‘अर्को कुरा हुन्डाईले सबै उमेर समूहलाई आर्कषित गर्ने गाडी बजारमा ल्याएको छ ।’

हुन्डाई गाडीको मागलाई मध्यनजर गर्दै लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालीले लागि काठमाण्डु बाहिर ११ ठाउँमा डिलरसिप दिनुको साथै उपत्यकामा ३ वटा सोरुम र ५ वटा सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ । भैरहवामा छिट्टै डिलर सञ्चालनमा ल्याउने र धनगढी, महेन्द्रनगर, दमक लगायतका शहरहरुमा पनि डिलरसिपका लागि प्रक्रियामा रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment