+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पोखरा प्रिमियर लिगमा मेडिकल पार्टनर बन्यो ग्राण्डी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते १२:५१

२९ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा ग्राण्डी इन्टरनेशनल अस्पताल मेडिकल पार्टनर हुने भएको छ ।

सोमबार पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट र ग्रान्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता भएको छ । सम्झौता पत्रमा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पोखरा प्रिमियर लिगका लागि ग्रान्डीले आवश्यक डाक्टर, फिजियोथेरापिष्ट र उपचार सामग्री उपलब्ध गराउने छन् ।

ग्रान्डीका मेडिकल डाइरेक्टर डाक्टर पाण्डले ग्राण्डी अस्पतालले विगत लामो समयदेखि घाइते भएको खेलाडीलाई उपचार गर्दै आएको र पीपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

पोखरामा आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । ६ टिमको सहभागिता हुने पीपीएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?