+

जयसुर्यामाथि भ्रष्टाचारविरुद्धको नियम तोडेको आरोप

२०७५ असोज  २९ गते १८:४५ २०७५ असोज २९ गते १८:४५
जयसुर्यामाथि भ्रष्टाचारविरुद्धको नियम तोडेको आरोप

२९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंका क्रिकेटका पूर्व कप्तान सनथ जयसुर्यामाथि भ्रष्टाचारविरुद्धको नियम तोडेको आरोप लगाएको छ ।

४९ वर्षका पूर्व अलराउण्डर जयसुर्याले आईसीसीले गरेको अनुसन्धानमा सहयोग नगरेको बताइएको छ । असहयोग गर्नुका साथै जयसुर्यामाथि अनुसन्धानमा बाधा पुर्‍याएको आरोप पनि लागेको छ ।

जयसुर्याले श्रीलंकन छनोट टिमको प्रमुख भएर पनि काम गरेका थिए । उनीमाथि लागेको आरोपबारे प्रष्टीकरण दिन १४ दिनको समय दिइएको छ ।

श्रीलंकाले १९९६ मा विश्वकप जित्दा जयसुर्या प्लेयर अफ दि टुर्नामेन्ट भएका थिए । श्रीलंकाका लागि उनले ४४५ एकदिवसीयमा २१ शतक हानेका छन् भने ३ सय २३ विकेट पनि लिएका छन् ।

११० टेस्ट क्रिकेटमा उनले ४०.०७ को एभरेजमा ६ हजार ९ सय ७३ रन बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट २०११ मा सन्यास लिएका जयसुर्याले २०१२ सम्म टी-२० भने खेलेका थिए ।

यो महिनाको सुरुमा आईसीसी एन्टी करपसन युनिटका जनरल म्यानेजर एलेक्स मार्सलले श्रीलंकन क्रिकेटमा भएको भ्रष्टाचारका बारे गम्भीर अनुसन्धान आवश्यक रहेको बताएका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय