+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

झलनाथ खनालले भने–सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ३० गते १८:१८

३० असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकार साना विषयमा अल्झिदा नागरिकमा निरासा बढेको बताए ।

महंगी नियन्त्रणमा ठोस् काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको उनको भनाइ छ ।

नेता खनालले संविधान कार्यान्वयमा भने सरकार सफल रहेको दावी गरे । सिमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उनको शुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?