+
+
Shares

बर्दिवासस्थित नेकपाको कार्यालयमा आगजनी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १ गते १८:०१

१ कात्तिक, बर्दिवास । बर्दिवास नगरपालिकास्थित नेकपाको पार्टी कार्यालयमा गएराति आगजनी भएको छ । बर्दिबास–९, पशुपतिनगरमा रहेको नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हो ।

ईलाका प्रहरी कार्यालय, बर्दिवासका अनुसार सुरजसिंह कुशवाहाको घरमा रहेको पार्टी कार्यालयमा अज्ञात समुहले पेट्रोल छर्केर आगो छ ।

आगोले पार्टी कार्यालयको एक छेउको बाँसको भाग जलेर नष्ट भएको छ भने घरभित्र रहेकोे ज ४ प ३०४२ नम्बरको स्कुटरको अगाडिको भाग जलेको क्षति बर्दिवासका डिएसपी नकुल पोखरेलले बताए ।

आगजनीमा करिब ५० हजार रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?