+

इंग्ल्याण्डसँगको टेस्टपछि हेराथको सन्यास

२०७५ कात्तिक  ५ गते १७:०९ २०७५ कात्तिक ५ गते १७:०९
इंग्ल्याण्डसँगको टेस्टपछि हेराथको सन्यास

५ कात्तिक, काठमाडौं । टेस्ट क्रिकेटमा सफल देब्रे हाते श्रीलंकन बलर रंगना हेराथले इंग्ल्याण्डसँगको पहिलो टेस्टपछि सन्यास लिने भएका छन् । इंग्ल्याण्डसँगको पहिलो टेस्ट श्रीलंकाकै गलीमा नोभेम्बर ६ मा सुरु हुँदै छ ।

४० वर्षका हेराथले २०१७ जनवरीपछि पूरा टेस्ट सिरिज खेलेका छैनन् । हेराथले ९२ टेस्टको १ सय ६८ इनिङमा ४ सय ३० विकेट लिएका छन् ।

१९९९ मा गली मैदानमा खेलेर नै टेस्ट डेब्यू गरेका हेराथले त्यही ९९ विकेट लिइसकेका छन् । यसैले उनका लागि गली मैदानबाटै सन्यास लिनु विशेष हुने छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय