+

१० हजार रन नजिक कप्तान विराट

२०७५ कात्तिक  ७ गते ११:४७ २०७५ कात्तिक ७ गते ११:४७
१० हजार रन नजिक कप्तान विराट

७ कार्तिक, काठमाडौं । भारत र वेष्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट खेल बुधबार (आज) हुदैछ । यही खेलमा राम्रो प्रदर्शन गर्दै एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने लक्ष्यमा छन् भारतीय कप्तान विराट कोहली ।

वेष्ट इन्डिजविरुद्ध पहिलो खेलमै शतकसहित १४० रन बनाएका विराटले दोस्रो एक दिवसीय खेलमा पनि राम्रो प्रदर्शन गर्न सके उनले एक दिवसीय क्रिकेटमा १० हजार रन पूरा गर्ने छन् । कप्तान विराट एक दिवसीय क्रिकेटमा १० हजार रन नजिक पुगेका छन् ।

कप्तान विराटले एक दिवसीय खेलमा ९ हजार ९१९ रन बनाइ सकेका छन् भने १० हजार रन पूरा गर्नबाट उनी मात्र ८१ रनले पछि रहेका छन् । एक दिवसीय क्रिकेटमा २१२ खेल खेलेका विराटको उच्च स्कोर १८३ रन रहेको छ ।

कप्तान विराटले एक दिवसीय क्रिकेट ३६ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक बनाएका छन् ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय