+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

डि मारियाले पीएसजीलाई हारबाट जोगाए

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते ६:५३

काठमाडौं । एन्जल डि मारियाले इन्जुरी टाइममा गोल गर्दै च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको हार टारेका छन् ।

बुधबार राति भएको खेलमा पीएसजीले नापोलीसँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा टिम २–१ ले पछाडि रहेको अवस्थामा डि मारियाले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

पेरिसमा भएको खेलमा नापोलीले २९ औं मिनेटमा लोरेन्जो इन्सिन्याको गोलबाट अग्रता लिएको थियो ।

६१ औं मिनेटमा मारियो रुइले आत्मघाती गोल गर्दा पीएसजीलाई फाइदा भयो । थोमस मुनिसको प्रहार उनका ठोक्किएर गोलमा परिणत भएको थियो ।

तर, ७७ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई २–१ को अग्रता दिलाएका थिए ।

अर्को खेलमा मोनाकोले क्लब बर्गसँग १–१ को बराबरी खेलेको छ । यसले मोनाकोका नवनियुक्त प्रशिक्षक थिएरी हेनरीलाई पहिलो जितका लागि अझै पर्खनु पर्नेभयो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?