+
+
Shares

केन्द्रलाई प्रदेश ३ सरकारको आग्रह– जुगल हिमाल आरोहण खोलौं

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते ९:०३

८ कात्तिक, हेटौंडा । प्रदेश ३ सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुला गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो हिमालको आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यस अघिदेखि नै जुगल हिमाल आरोहण खुला गर्ने चर्चा चले पनि अहिलेसम्म हुन सकेको छैन ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालको क्षेत्रभित्र दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पनि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?