८ कात्तिक, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा करिब ९ अंकको गिरावट देखिएको छ । सेयर बजार ८ दशमलव ८२ अंकले ओरालो लागेर नेप्से परिसूचक १ हजार २ सय ४१ दशमलव ११ को विन्दुमा आइपुगेको छ ।
सोमबार र मंगलबार लगातार ओरालो लागेको सेयर बजार बुधबार ८ अंक बढीले उकालो लागेको थियो । तर, साताको अन्तिम कारोबार बिहीबार भने गिरावट देखिएको हो ।
परिसूचक घटे पनि कारोबार रकम बढ्ने क्रम भने जारी रहेको छ । दशैं बिदा पछि नै लगातार बढ्दै आएको कारोबार रकम बिहीबर पनि उकालो लागेको हो ।
दिनभरमा भएका ४ हजार ३ सय १७ कारोबारबाट ९ लाख ४८ हजार ५ सय ९३ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार २७ करोड ७१ लाख ८२ हजार ८ सय ९८ रुपैयाँको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4