+
+
WC Series
विराटनगर किंग्स 2025
63/5 (11.2)
VS
५२ बलमा ७२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा तीन बालकसहित ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते १६:२५

९ कात्तिक, काठमाडौं । शुक्रबार देशका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौं, सप्तरी, मोरङ, धादिङ र सर्लाहीमा भएका सवारी दुर्घटनामा तीन बालकसहित ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ्ग हाइटस्थित सडकमा ना६ख ७८२६ नम्बरको ट्रकले ठक्कर दिँदा गोरखा शहीद लखन गाउँपालिका-७ बस्ने ७० वर्षीया पैदलयात्री तिलकुमारी तिवारीको घटनास्थलमै र उनका नाती ३ वर्षीय आजित तिवारीको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी सोही ठाउँ बस्ने नुवाकोट ककनीकी ६० वर्षीया सावित्री पुडासैनीको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सप्तरीको रुपनी गाउँपालिका-२ स्थित राजबिराज रुपनी सडकमा ना३ख ७३९० नम्बरको बसले ठक्कर दिँदा गम्भीर भएका ६ वर्षीय शिवमकुमार यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका-९ स्थित सडकमा को३५प ९७७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुठुनी डाँडाका २७ वर्षीय शैलेश गौतमको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।

धादिङ थाक्रे गाउँपालिका-६ महादेवबेशीस्थित पृथ्वी राजमार्गमा ना६ख २३७३ नम्बरको ट्रकले सोही ठाउँ बस्ने पैदलयात्री २८ वर्षीय मनोज मिजारलाई ठक्कर दिंदा घटनास्थालमै मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्यत्रणमा लिएको   छ ।

सर्लाही गोडैता नगरपालिका-४ रहुवास्थित सडकमा ना३त १७९८ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा साइकलमा सवार ४ वर्षीय सुजय बैठाको जिल्ला अस्पताल सर्लाही लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?