+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पीपीएलः १३६ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोज (भिडियो लाइभ)

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते ८:४८

१० कात्तिक, पोखरा । पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार बिहानको खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई १३६ रनको विजय लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनायो ।

विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् । भिम सार्की दुई रनमा आउट भए ।

चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।

यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

अहिले चितवन राइनोजले जवाफी ब्याटिङ थालेको छ । चितवनको कप्तान पारस खड्का छन् भने बुटवलका कप्तान सोमपाल कामी रहेका छन् ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गरिरहेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?