+
+

लिसेस्टर सिटीको हेलिकोप्टर दुर्घटना, प्रमुखसहित ५ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते ८:३५

१२ कात्तिक, काठमाडौं । लिसेस्टर सिटीका प्रमुखसहित पाँच जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उनको आफ्नै हेलिकोप्टर लिसेस्टर सिटीको स्टेडियम बाहिर शनिबार दुर्घटना भएको थियो ।

दुर्घटनामा लिसेस्टर सिटीका प्रमुख ६० वर्षीय भिचाई श्रीवद्धनप्रभा, उनका दुई कर्मचारी, एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको क्लबले पुष्टि गरेको छ ।

यो हेलिकोप्टर अन्तिम पटक किङ पावर स्टेडियम माथि देखिएको थियो । जमिनमा खसेपछि हेलिकोप्टरमा आगो लागेको थियो ।

भिचाई श्रीवद्धनप्रभा थाइल्याण्डका अर्बपति नागरिक हुन् । उनले सन् २०१० मा ३९ मिलियन पाउन्डमा लिसेस्टर सिटी क्लब किनेका थिए । लिसेस्टर सिटीले सन् २०१६ मा प्रिमियर लीग जितेको थियो ।

क्लबले एक शोक विज्ञप्ति निकालेर भिचाईको निधनले अपुरणीय क्षति पुगेको जनाएको छ ।

हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छैन । तर पाइलट स्वाफर निकै अनुभवी थिए । उनीसँग निजी जेट र पाइलटको रुपमा २० वर्षको अनुभव थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?