Comments Add Comment

यस्तो देश, जहाँ पुलिसमा भर्ना हुनुअघि गरिन्छ कुमारित्व परीक्षण

कुनै पनि महिलाले देशको प्रहरीमा भर्ना हुनका लागि भर्जिन हुनुपर्ने कानून लागू गरिन्छ भने के होला ?

हाम्रो देशमा त यस्तो सायद अब सम्भव छैन । तर दुनियाको ठूलो मध्येको एक देश इण्डोनेसियामा चाहीँ यस्तो अनौठो तथा विभेदकारी नियम रहेछ ।

हो, इण्डोनेसियामा पुलिसमा भर्ति हुन चाहने महिलाले आफ्नो भर्जिनिटी टेष्ट गराउनु पर्दछ । उक्त परीक्षणमा कुमारी नठहरिएका महिला पुलिसमा भर्ना हुन पाउँदैनन् ।

अझ आपत्तिजनक त के भने महिला उम्मेदवारको कुमारित्व परीक्षण पुरुष अधिकारीहरुद्वारा गराइन्छ । यस्तो परीक्षणलाई दुई औँले परीक्षण भनिन्छ । जहाँ पुलिसमा भर्ना हुन आएका महिला उम्मेदवारको यौनांगमा दुई औँला छिराएर योनी जाली च्यातिए नच्यातिएको परीक्षण गरिन्छ ।

इण्डोनेसियामा महिलाको कुमारित्व परीक्षणलाई आधिकारिक रुपमा अनुमति नदिइने भए पनि पुलिसमा भर्नाका क्रममा भने यस्तो परीक्षण एउटा मुख्य मापदण्डको रुपमा रहिआएको अकल्याण्ड विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ ।

महिलाले पुलिसमा भर्ना पाउनका लागि आफुलाई केवल भर्जिन प्रमाणित गरेर पुग्दैन । सुन्दरताका अन्य धेरै मापदण्डहरु पनि पूरा गर्नुपर्ने हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment