+
+

गोरूसिंगेमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु, ३३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १२ गते १७:१८

१२ कात्तिक, बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्रगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे जंगलमा बस र टिपर ठोकिंदा तीनजनाको मृत्यु भएको छ ।

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोकिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनामा ३३ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको । गम्भीर घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?