+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अस्पतालमै बन्धक बनाइएका आमाछोरी घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १७:११

१४ कात्तिक, मोरङ । तीन महिने शिशुको उपचारमा लागेको शुल्क तिर्न नसक्दा अस्पतालमै बन्धक बनाइएका दुई आमा छोरी घर फर्किएका छन् ।

अनलाइनखबरमा मंगलबार समाचार प्रकाशित भएपछि विराटनगरको आरके चिल्डे्रन हस्पिटलले मंगलबार साँझ मृतक शिशुका आफन्तलाई घर जान दिएको हो ।

सप्तरी भारदहकी रेनुदेवी खड्गाको तीन महिने छोरी निशा विरामी भएपछि आरके चिल्ड्रेन अस्पतालमा भर्ना गरिएको थियो । तर ११ दिन भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आइतबार शिशुको निधन भएको थियो । उपचार गर्दा लागेको १ लाख ७० हजार रुपैयाँ शुल्क तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल मंगलबारसम्म अस्पतालमा बस्न बाध्य भएका थिए ।

मंगलबार साँझ प्रहरीको रोहवरमा तीन महिने शिशुको शव आफन्तलाई जिम्मा लगाएको अस्पतालका व्यवस्थापक धिरज मैनालीले जानकारी दिए । मृतक शिशुको परिवार आर्थिक रुपमा सम्पन्न रहेको बताउदै उनले शिशुका आफन्तलाई भने अस्पतालले बन्धक नबनाएको दाबी गरे ।

अस्पतालको शुल्क तिर्नुपर्छ भनेर रेनुदेवीका घर पक्षका आफन्त अस्पतालबाट सुटुक्क भागेपछि अस्पतालले आमा छोरीलाई अस्पतालमा रोकेको अस्पताल व्यवस्थापनको भनाइ छ । अस्पतालले मृतक शिशु दिएपछि मंगलवार साँझ नै घर आएको सीतादेवीले जानकारी दिइन् ।

असोज ३१ गते तीन महिनाकी छोरी निशालाई उच्च ज्वरो आएपछि रेनुदेवीले उपचारकालागि विराटनगरको कोशी अञ्चल अस्पताल ल्याएकी थिइन् । अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि आर के चिल्ड्रेन हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

आर के चिल्ड्रेन अस्पतालमा ११ दिनको उपचारपछि आइतवार शिशुको मृत्यु भएको थियो । अस्पतालले ११ दिन भेण्टिलेटरमा राखेर उपचार गर्दा १ लाख ७० हजार रुपैयाँ हाराहारी बिल उठेको जानकारी दिएको थियो । तर अस्पतालले मागे अनुसारको शुल्क तिर्न नसकेपछि आमा छोरीलाई अस्पतालले रोकेर राखेको हो । शिशुका आफन्तले अस्पतालमा ६० हजार रुपैयाँ बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?