+

कतार विश्वकपमै ४८ टिमको सहभागिता !

२०७५ कात्तिक  १४ गते २१:०१ २०७५ कात्तिक १४ गते २१:०१
कतार विश्वकपमै ४८ टिमको सहभागिता !

१४ कात्तिक, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपमै ४८ टिमको सहभागिता हुन सक्ने संकेत गरेका छन् । यसले विश्वकप आयोजनामा कतारले अरु देशसँग पनि साझेदारी गर्नुपर्ने हुनसक्छ ।

फिफाले २०२६ को विश्वकपमा ३२ को साटो ४८ टिमको सहभागिता रहने निर्णय गरिसकेको छ । यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ ।

तर, इन्फान्टिनोले २०२२ को विश्वकपबाट यसलाई लागू गर्न चाहन्छन् । उनले भने, ‘यदि सम्भव छ भने किन नगर्ने ?’

‘हामी हेर्छौं, यो सम्वभ छ ? यदि सम्भव छ भने कतारका साथीहरुसँग छलफल गर्छौं र त्यो क्षेत्रका अरु साथीहरुसँग छलफल गरिरहेका छौं’ उनले अघि भने ।

क्वालालम्पुरमा आयोजित एसियाली फुटबल महासंघको कंग्रेसलाई सम्बोधन गर्दै उनले विश्वका हरेक क्लबलाई लक्षित हुने गरी वास्तविक प्रतिस्पर्धा गराउन चाहेको पनि बताए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय