+

एट्लेटिको मड्रिड र डर्टमन्ड नकआउट नजिक, मोनाको बाहिरियो

२०७५ कात्तिक  २१ गते ८:५७ २०७५ कात्तिक २१ गते ८:५७
एट्लेटिको मड्रिड र डर्टमन्ड नकआउट नजिक, मोनाको बाहिरियो

२१ कर्तिक, काठमाडौं । च्याम्पियन्स लिगको समूह ए मा रहेका स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड नकआउट चरण प्रवेश नजिक रहेका छन् ।

बुधबार विहान भएको खेलमा एट्लेटिको मड्रिडले शीर्ष स्थानमा रहेको डर्टमन्डलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउने सम्भावना बलियो बनाएको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा एट्लेटिकाले डर्टमन्डलाई २–० गोलअन्तरले पराजित गरेको हो । पराजित भएपनि डर्टमन्ड समूह ए को शीर्ष स्थानमा कायमै रहेको छ ।

एट्लेटिकोको जितमा साउल निगुएज र एन्टोनी ग्रिजम्यानले समान १–१ गोल गरे । पहिलो हाफमा १–० गोलले अघि रहेको एट्लेटिकोले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो । खेलको ३३ औं मिनेटमा साउलले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै २–० को जित दिलाएका हुन् ।

हारपछि पनि ४ खेलबाट ९ अंक बनाउँदै डर्टमन्ड शीर्ष स्थानमा रहेको छ । त्यस्तै, जित हात पारेको एट्लेटिकोको पनि ४ खेलबाट समान ९ अंक रहेको छ । दुबै टिम नकआउट चरण नजिक रहेका छन् ।

त्यस्तै, फेन्च क्लब मोनाको भने बेल्जियमको क्लब बर्गसँग ४–० गोलअन्तरले पराजित हुदै २ खेल खेल्नुअघि नै समूह चरणबाटै बाहिरिएको हो । यता, क्लब बर्गको पनि नकआउट चरण पुग्ने झिनो आशा भने कायमै रहेको छ । क्लब बर्गको ४ खेलबाट ४ अंक रहेको छ । यता, च्याम्पियन्स लिगबाटै बाहिरिएको मोनाकोको भने ४ खेलबाट ३ खेलमा हार र १ खेलमा बराबरी सहित १ अंक मात्रै रहेको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय