Comments Add Comment

ओलीजीले काम गर्न सक्नुभएन, देशलाई हिन्दूराष्ट्र बनाएरै छाड्छुः पशुपति

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अपेक्षा अनुरुप काम गर्न नसकेको बताएका छन् । उनले ९ महिना बितिसक्दा पनि सरकार गतिविहीन बन्नु रहस्यमय भएको बताए ।

रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको देउसी–भैलो कार्यक्रममा जबराले भने, ‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन् । यो कुरा रहस्यमय छ ।’

फरक प्रसंगमा उनले तीनवटै राप्रपा एक हुनेगरी छलफल अघि बढेको जानकारी दिए । तर एकता कहिले हुन्छ भनेर अहिले नै भन्न नसकिने बताए । ‘हामीबीच एकता छलफल भइरहेको छ,’ उनले भने, ‘तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला भएको छैन । लोहनीजीसँग मेरो हिजो धेरै राम्रो कुराकानी भएको छ ।’

उनले नेपालको पहिचान नै हिन्दूराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने प्रण गरे । उनले त्यस्तो सामथ्र्य आफूसँग भएको दाबी गर्नसमेत भ्याए । भने, ‘नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँट पनि’, उनले भने ।

सरकार हत्या, हिंसा र महँगी नियन्त्रण गर्न असफल भएको राणाको भनाइ छ । उनले जनतालाई सेवा प्रवाह गर्ने गरी अघि बढ्न सुझाए । ओलीजीले बोलेका कुरा पूरा गराएरै छोड्छु भन्ने अठोटका साथ काम गर्नुपर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment