+

बोल्टले ह्याट्रिक लिए, पाकिस्तान पराजित

२०७५ कात्तिक  २२ गते ९:१५ २०७५ कात्तिक २२ गते ९:१५
बोल्टले ह्याट्रिक लिए, पाकिस्तान पराजित

२२ कात्तिक, काठमाडौं । ट्रेन्ट बोल्टको ह्याट्रिक विकेटको मद्दतमा न्यूजील्यान्डले पाकिस्तानविरुद्धको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको छ । पाकिस्तानसँगको ३ खेलको एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा न्यूजील्यान्ड ४७ रनले विजयी भएको हो ।

२६७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ४७.२ ओभरमा सबै विकेटको क्षतिमा २१९ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान सर्फराज अहमदले ६४, इमाद वासिमले ५०, इमाम उल हकले ३४ र शोइब मालिकले ३० रन बनाए पनि न्यूजील्यान्डलाई पराजित गर्न सकेन ।

बलिङतर्फ न्यूजील्यान्डका ट्रेन्ट बोल्टले ह्याट्रिक विकेट लिए । उनले खेलको २.२ ओभरमा फखर जमानलाई आउट गराएका थिए । त्यसपछिको बलमा बाबर अजामलाई आउट गराए । २ ओभरको चौथो बलमा मोहम्मद हफिजलाई आउट गराउँदै ह्याट्रिक विकेट लिएका थिए ।

युएईको अवुधावीस्थित शिख जायद रंगशालामा टस जितेर ब्याटिङ गरेको न्यूजील्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि रोस टायलरले ८० र टोम लाथमले ६८ रन बनाएका थिए ।

बलिङतर्फ भने शाहिन शाह अफ्रिदी र शादब खानले समान ४–४ विकेट लिएका थिए ।

३ खेलको एक दिवसीय क्रिकेट सिरिजमा न्यूजील्यान्डले १–० को अग्रता बनाएको छ ।

 

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय