+

ओलम्पिक छनोटमा नेपाल भारतसँग बराबरीमा रोकियो

२०७५ कात्तिक  २२ गते १७:४० २०७५ कात्तिक २२ गते १७:४०
ओलम्पिक छनोटमा नेपाल भारतसँग बराबरीमा रोकियो

२२ कार्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले भारतसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

म्यानमारको थुवुन्ना रंगशालामा भएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । सुरुवाती समयमा गोल गरेको नेपालले आफ्नो अग्रतालाई जोगाउन राख्न नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो ।

खेलको ११ औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइराख्न सकेन । खेलको ३७ औं मिनेटमा कमलादेवी युम्नामले गोल गर्दै भारतलाई बराबरीमा पुर्‍याएकी थिइन् ।

पहिलो हाफमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए भने दोस्रो हाफमा गोल गर्न नसक्दा बराबरीमै चिक्त बुझाउन पुग्यो ।

ओलम्पिकअन्तर्गत एसिया छनोटमा नेपालसँगै आयोजक म्यानमार, भारत र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आयोजक म्यानमारसँग ११ तारिखमा खेल्ने छ । त्यस्तै, तेस्रो खेलमा नेपालले बंगलादेशसँग १३ तारिखमा खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय