+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
चितवन राइनोज 2025
0/0
Shares

झापामा सवारी दुर्घटना, १ को मृत्यु, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते ११:५७

२६ कात्तिक, झापा । जिल्लाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक आज बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनले बताए ।

दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र गम्भीर घाइते भएका भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?