+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सानिमा बैंकको ‘थ्री इन वान अकाउन्ट’ सेवा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १३:४५

२७ कात्तिक, काठमाडौं । सानिमा बैंकले नेपालमै पहिलो पटक ‘थ्री इन वान अकाउन्ट’ सेवा शुरु गरेको छ । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो घर, कार्यालय वा संसारको कुनै पनि स्थानबाट अनलाइनमार्फत विना कुनै झन्झट सेयर कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर कारोबारको रकम राफसाफ गर्नको लागि बैंक वा ब्रोकर कार्यालय धाउन नपर्ने जनाउँदै बैंकले यो सेवा सानिमा क्यापिटल सँगको सहकार्यमा प्रदान गर्ने जानकारी दिएको छ ।  यसका लागि सानिमा क्यापिटलले सेयर ब्रोकर कम्पनीहरुसँग थप सहकार्य गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्पूर्ण व्यक्तिगत ग्राहकहरुले यो सुविधा पाउने बताइएको छ । खाता सञ्चालनका लागि बैंकका ग्राहकहरुले बैंकको वेबसाइट मा गएर लगईन गरी नेपाल अधिराज्यभर रहेका कुनै पनि शाखाहरुबाट आवेदन सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?