+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीएनएनद्वारा ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १०:१२

२८ कात्तिक, काठमाडौं । सीएनएनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइटहाउसका उनका उच्च सहयोगीविरुद्ध नालिस दिएको छ । मंगलबार ट्रम्प र उनका उच्च सहयोगीविरुद्ध अमेरिकाको जिल्ला अदालत, वासिंटनमा सीएनएनले मुद्दा दायर गरेको हो ।

ह्वाइटहाउसस्थित राष्ट्रपति कार्यालयले सीएनएनका लागि ह्वाइट हाउस वरिष्ठ संवाददाता जिम एकोस्टाको परिचयपत्र अमान्य घोषित गर्दै उनको प्रवेशमा रोक लगाएसँगै सीएनएनले अदालतको ढोका ढक्ढकाएको हो ।

राष्ट्रपति ट्रम्पले आयोजना गरेको पत्रकार सम्मेलनमा एकोस्टाले कडा प्रश्न गरेपछि गत बुधबार तनाव भएको थियो । ट्रम्पले प्रश्नको लागि अर्को पत्रकारलाई अनुमति दिइसकेको अवस्थामा पनि थप प्रश्न राख्ने प्रयास गरेपछि ह्वाइट हाउसमा कार्यरत महिला कर्मचारीले एकोस्टालाई रोक्ने प्रयास गरेकी थिइन् । तर, एकोस्टाले थप प्रश्नहरु राख्ने प्रयास गरेका थिए ।

यो घटनाको भिडियो प्रसारण भएपछि  ह्वाइटहाउसको चर्को आलोचना भए पनि उसले एकोस्टाको परिचयपत्र नै जफत गर्ने अलोकप्रिय कदम चालेको थियो ।

तर, सीएनएन ट्रम्प र उनको प्रशासनले आफ्ना पत्रकारको संवैधानिक अधिकार खोसेको भन्दै अदालत गएपछि घटनाले रोचक मोड लिएको छ ।

दायर मुद्दामा ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?