+
+

नेपाल प्रहरीलाई एसियाकै प्रतिष्ठित आईटी अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १६:३३

२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाएको छ ।

जापानको एसियन ओसिनियन कम्प्यूटिङ इन्डट्री अर्गनाइजेसनले नेपाल प्रहरीलाई सन् २०१८ को ‘डिजिटल गभर्मेन्ट अवार्ड’ दिएको हो ।

विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

टोकियोमा २२ कात्तिकमा कम्प्यूटर एसोसिएन नेपाल महासंघका सदस्य डा. अभिजित गुप्ताले एएसओसीआईओका अध्यक्ष डेबिड वाङबाट ग्रहण गरेको अवार्ड बुधबार आईजीपी सर्वेन्द्र खनाललाई हस्तान्तरण गरिएको छ ।

यसअघि नेपाल प्रहरीले १ भदौमा स्वदेशमै ‘आईसीटी अवार्ड–२०१८’ पनि पाएको थियो । नेपाल प्रहरीले सूचना प्रविधिको उच्चतम् सदुपयोग गरेको भन्दै यो अवार्ड दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?