+
+
Shares

छठको अवसरमा प्रदेश १ सरकारको साँस्कृतिक महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १८:५७

२८ कात्तिक, विराटनगर । प्रदेश १ सरकारले वुधबार छठ पर्वको अवसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक महोत्सव आयोजना गरेको छ ।

स्थानीय आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा गरिएको राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, प्रतियोगितात्मक झाँकी प्रतियोगिता र नृत्यहरु गरिएको थियो ।

महोत्सवमा किराँत, झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातिका नृत्यसँगै झाँकी प्रस्तुत गरिएको थियो ।

त्यसैगरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत झाँकी प्रस्तुत गरेका थिए ।

साँस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकारहरु दीपाश्री निरौला, विल्सनविक्रम राई, सुमित खड्कालगायतका कलाकारले प्रस्तुति दिएका थिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले यस्ता चाडपर्व साझा चाडपर्व भएकोले सद्भाव बढाउने बताए ।

कार्यक्रममा प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभाका सभामुख प्रदीप भण्डारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायत जनप्रतिनिधिहरु सहभागी थिए ।

चियापानमा सहभागीलाई ठेकुवा, टिकर र फलफूल प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?