Comments Add Comment

प्रतिभा शाहको ‘तिम्रो लागि’

गैरआवासीय नेपाली गायिका भनेर चिनिन थालेकी प्रतिभा शाहले नेपाली सांगितिक आकाशमा तेस्रो प्रस्तुति लिएर आउँदा निकै खारिएको र समधुर स्वर पस्किन सफल भएकी छन् । यसअघिभन्दा यसकारण पनि उनी फरक देखिएकी छन् कि ‘तिम्रो लागि’ गीतको म्युजिक भिडियो अवधारणदेखि उत्पादनसम्मको काम उनैले गरेकी हुन् ।

बेलायतको मेनचेष्टर शहरमा बस्ने प्रतिभाले सुगम संगीतको क्षेत्रमा नयाँ गीत ‘तिमो लागि’ ल्याउँदा यसमा अनिल शाही दोहोरो भूमिकामा देखिएका छन् । संगीतकार शाही म्युजिक भिडियोमा मोडलका रुपमा समेत देखिएका छन् । त्यसो त गीतको रचनाकार पनि शाहीनै हुन् । अनिल शाही कुशल संगीतकार र गीतारबादक हुन् भन्ने सबैलाई थाहा नै भएको कुरा हो । तर यसपटक उनी मोडलका रुपमा पनि सफल देखिएका छन् ।

त्यस्तै पेशाले स्टाफ नर्स प्रतिभा गजल,सास्त्रीय संगीत र सुगम संगीतमा समधुर स्वरकी धनी गायिका हुन् । ‘तिम्रो लागि’ आफ्नो सपना रहेको भन्दै उनले यसलाई स्रोत दर्शकले मन पराइदिएको बताइन् । तिम्रो लागि युगल गीत हो । यसमा प्रतिभा शाह र राहुल विश्वासको स्वर निकै जमेको छ । द भोइस अफ नेपाल बाट चर्चामा आएका गायक राहुल बिश्वासले पनि यसमा निकै मेहनत गरेका छन् ।

जनता डिजिटल एण्ड फिल्मले बजार ब्यबस्थापन गरेको यो म्युजिक भिडियोको निर्देशन अनिल शाहीले नै गरेका हुन् भने शाहीलाई मोडल अन्जु चौलागाईले अभिनयमा साथ दिएकी छिन । छायाँकार मुकेश हुमागाईले भिडियोको छायांकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment