+

इटालीसँग बराबरी खेल्दै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

२०७५ मंसिर  २ गते ७:३९ २०७५ मंसिर २ गते ७:३९
इटालीसँग बराबरी खेल्दै पोर्चुगल नेसन्स लिगको सेमिफाइनलमा

२ मंसिर, काठमाडौं । पोर्चुगल यूईएफए नेसन्स लिग फुटबलमा इटालीसँग बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

शनिबार राति समूह ए को थ्रीमा भएको खेलमा इटालीसँग पोर्चुगलले गोलरहित बराबरी खेलेसँगै सेमिफाइनल यात्रा तय गरेको हो । पोर्चुगल समुह ए थ्रीको शीर्ष स्थानमा रहंदै ७ अंक बनाएर एक खेल खेल्नु अघि नै सेमिफाइनल पुगेको हो ।

आफ्नै मैदानमा भएको खेलमा पनि इटालीले पोर्चुगललाई पराजित गर्न सकेन । विश्वचर्चित खेलाडी तथा पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रानोल्डोविनै विनै मैदानमा उत्रिएको पोर्चुगलले खेलअवधिभर रक्षात्मक खेल खेलेको थियो ।

पहिलो हाफमा बराबरी खेलेको इटालीले दोस्रो हाफमा पनि बराबरी खेल्न पुग्यो । तर खेलअवधिभर इटालीले पोर्चुगललाई दबाबमा राखेको थियो । इटालीको ४ खेलबाट ५ अंक भएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय