+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपालमा पहिलो पटक मनाइयो पुरुष दिवस

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १४:१९

३ मंसिर, काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस मनाइएको छ । आयोजकका अनुसार यसरी पुरुष दिवस मनाइएको नेपालमा पहिलो पटक हो ।

‘सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्’ भन्ने सन्देशका साथ पुरुषहरुलाई असल र आदर्श पुरुष बन्नका लागि उत्प्रेरणा दिन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

साथै, बालक तथा किशोरमाथि भइरहेको यौनदुव्र्यवहारका समस्या समाजमा लुकिरहेकोले त्यसलाई उजागर गर्ने उद्देश्यले दिवस मनाइएको कार्यक्रममा संयोजक सन्जोग ठकुरीले जानकारी दिए ।

महिलाको अधिकार संकुचित पार्नका लागि नभइ पुरुषहरुलाई पनि प्रोत्साहित गर्न र बालक तथा किशोरहरुमाथि भइरहेका यौनदुव्र्यवहार न्यूनिकरण गर्न पुरुष दिवस मनाइएको उनको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथी पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले एक दिन नारी दिवस र बाँकी ३६४ दिन पुरुष दिवस भन्नु गलत भएको भन्दै नारी र पुरुष सबैका लागि ३६५ दिन नै दिवस भएको बताए ।

यूएन मेन लिड्स नेटवर्कका सदस्यसमेत रहेका पूर्वप्रधान न्यायाधीश श्रेष्ठले नेपालको कानूनले महिलालाई जबरजस्तीकरणी गरे जस्तो सजाय हुन्छ पुरुषमाथि भएपनि उस्तै दण्डको व्यवस्था गरेको भएपनि पित्तृसत्ताका कारण बालक र किशोरमाथि हुने धेरै दुव्र्यवहार र हिंसाका घटना बाहिर नआइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?