+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
0/0
Shares

अपराधी छुटाइदिने भन्दै रकम असुल्ने इश्ककुमार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ११:४८

६ मंसिर, वीरगञ्ज । प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै रकम लिने एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकी बस्ने २६ वर्षीय इश्ककुमार पासवान रहेका छन् ।

असोज २२ गते लागूऔषधसहित पक्राउ परेका वीरगञ्ज महानगरपालिका-१५ भिश्वा बस्ने २४ बषिर्य मुरारी झालाई छुटाइदिने र प्रहरीलाईसमेत रकम दिनुपर्ने भन्दै पासवानले रकम लिएका थिए ।

पासवानले मुरारीको आमा रीता झासँग १४ हजार रुपैयाँ लिएको तथ्य खुल्नुको साथै प्रहरीसँग अनावश्यक झगडा गरेपछि उनलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

भिश्वामै बस्ने अर्की एक महिलाले पनि नगद १० हजार लिएको तर उनले रकम फिर्ता दिईसकेको पीडित रिताले बताइन् ।

झालाई प्रहरीले लागू औषध विनरेक्स ५० थान र निट्राभेट ९० थानसहित पक्राउ गरेको थियो । ईश्क कुमारलाई छुटाउनका लागि नेकपाका नेताहरु प्रहरी कार्यालयमा आउने जाने गरेको रिताले गुनासो गरेकी छन् । आफूलाई दुई जना युवक आएर धम्कीसमेत दिएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले भने दवावले अर्थ नराख्ने बताएका छन् । ‘सार्वजनिक अपराध मुद्दा दर्ता पछि कारबाही प्रक्रिया अघि बढीसकेको छ,’ उनले भने, ‘राजनीतिक दवावले खासै अर्थ राख्दैन, कारबाही पक्रिया टुंगिएपछि सम्बन्धित निकायबाट जे आदेश हुन्छ सोही अनुसार गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?