+
+

तेह्रथुमको सरस्वती माविलाई नेपाल बङ्गलादेश बैंककाे सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते १८:२८

५ मंसिर, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले तेह्रथुमको आठराई गाउँपालिका हृवाकुमा रहेको सरस्वती माध्यामिक विद्यालयलाई विज्ञान प्रयोगशालाका सामग्री सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यालयलाई चार लाख रुपैयाँ बराबरको विज्ञान प्रयोगशालाका सामग्री प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक कार्यक्रमका बीच उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरे ।

बैंकले ‘हामी सबैको बैंक’ भन्ने संस्थागत नारा अनुसार उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उकास्ने लक्ष्य लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?