
७ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आˆना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियतदिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक- सञ्चालन उत्तम थापा रग्लोबल आइएमई बैंककाकार्ड बिक्री, वितरण तथाप्रबर्द्घन विभागप्रमुखश्री रविन्द्र ढकालले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौता पश्चातबयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत सम्म छुट पाउने छन् ।
प्रतिक्रिया 4