+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सामाजिक सुरक्षा कोषको दुरुपयोग नहुने व्यवस्था गर्छु : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ११ गते १४:०९

११ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषको दुरुपयोग नहुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा रोजगारदाताका प्रतिनिधिहरुले कोषको दुरुपयोग हुनसक्ने आशंका गरेका बेला प्रधानमन्त्रीले त्यसको सदुपयोग हुने दावी गरेका हुन् ।

‘यो अत्यन्त ठूलो कोष हुनेछ, बृहत कोष हुनेछ, यसको सदुपयोग हुनेछ’ प्रधानमन्त्रीले भने । कोषको दुरुपयोग हुन नसक्ने गरी आफूले अहिले नै उचित व्यवस्था गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कतियले सोच्नुहोला, यो प्रधानमन्त्री सधैं रहदैन’ उनले भने ‘तर बाटो बनाउने काम गरेँ भने गाडी कुद्दै गर्छ ।

यसको सुनिश्चितता अहिलेको सरकारले गर्छ । बाटो बनेपछि गाडी यताउताबाट कुद्दैन बाटोबाटै कुद्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले आगामी १० वर्षमा सामाजिक सुरक्षा कोष देशको सबैभन्दा ठूलो कोष हुने भन्दै त्यसको दुरुपयोग हुन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोष ढुकुटीबाट झिक्दै बाँड्दै गर्ने नभई ढुकुटी भर्दै त्यसको भरथेग गर्दै बाँड्ने कोष भएको बताए । सामाजिक सुरक्षा कोष घोषणा कार्यक्रममा तामझाम गरेकोमा विरोध आउन सक्ने भन्दै ओलीले ब्यंग्यात्मक रुपमा भने ‘यो तामझाम देखिन, थाहा पाइन भन्नेलाई देखाउनाका लागि हो, सुनिन भन्नेहरुलाई सुनाउनका लागि, हाम्रा योजनाहरुको जानकारी गराउनका लागि हो ।’

प्रधानमन्त्री ओलीले अगाडि थपे ‘हामीले (यो कार्यक्रममा) नौमती बाजा बजाएका छैनौं । अरु कार्यक्रमहरु नौमती बाजासहति हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?