+
+

ललितपुरमा ट्यासी चालकको आँखा फुटाएर ६ हजार लुटियो !

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ४ गते १०:५६

४ पुस, काठमाडौं । ललितपुरमा दुई अज्ञात युवाले ट्याक्सी चालकलाई कुटपिट गरेर नगद र मोबाइल लुटेका छन् ।

ललितपुरको पुल्चोकबाट शंखमुल जाने भनेर चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक ४२ वर्षीय डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् ।

महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी शेखर खनालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार घटनामा बा १ ज ६१५७ नम्बरका ट्याक्सी चालक खड्का घाइते भएका छन् । उनको देब्रे आँखामा चोट लागेको छ ।

हाल उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

‘ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै ट्याक्सीमा चढेका रहेछन्’, खनालले भने, ‘चालकको साथमा रहेको ६ हजार रुपैयाँ र मोबाइल उनीहरुले लगेका छन् ।’

घटनामा संलग्नको पहिचान भइसकेको छैन । ‘विभिन्न टेक्निकको प्रयोग गरेर हुलिया पहिचान गर्ने प्रयास गरिरहेका छौं’, उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?