४ पुस, काठमाडौं । कठमाडौंको दक्षिणकालीमा बुधबार एक दम्पती मृत भेटिएका छन् ।
दक्षिणकाली नगरपालिका– ९ हिपीटोल बस्ने ५२ वर्षीय कृष्णबहादुर तामाङ र उनकी श्रीमती ३८ वर्षीया लक्ष्मी तामाङ आफ्नै कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकरी दिए ।
उनीहरूका १३ वर्षीय छोरा र छोरीसमेत अशक्त अवस्थामा फेला परेकाले उपचारका लागि मनमोहन अस्पताल लगिएको उनले जानकारी दिए । छोराछोरीको पहिचान भने खुलेको छैन ।
ब्रोइलर कुखुराको चल्लालाई तापक्रम दिन कोइला बालेर सुतेका उनीहरू अक्सिजनको कमीका कारण निसास्सिएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4