१२ पुस, काठमाडौं । सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ ।
गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
त्यस्तै सरकारले बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसाल, दक्षिण कोरियाका राजदूत अर्जुन जगबहादुर सिंह र स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझीलाई फिर्ता बोलाएको छ । उनीहरुलाई फिर्ता हुन ३ हप्ताको समय दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4