Comments Add Comment

पूर्वमन्त्री शर्माको निधन

१६ पुस, काठमाडाैं । पूर्ववन तथा भूसंरक्षण राज्य मन्त्री कमलादेवी शर्माको निधन भएको छ । ५६ वर्षीया शर्माको ह्रदयघातका कारण सोमबार ललितपुरस्थित मेडसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

शर्मा २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन राप्रपा नेपालबाट समानुपातिक प्रणालीतर्फबाट सभासद बनेकी थिइन् । उनी राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य भएकी थिइन् ।

उनका तीन छोरी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment