+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हिउँदे अधिवेशन बोलाउन प्रदेश १ सरकारको आलटाल

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १०:५१

१८ पुस, विराटनगर । प्रदेश १ संसदले हिउँदे अधिवेशन बोलाउन आलटाल गरेको छ । बर्खे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि अर्को अधिवेशन सुरु नभएपछि यहाँका सांसद् फुर्सदिला बनेका छन् ।

बर्खे अधिवेशन सम्पन्न हुनुअघि आयोजित सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिरको सुरुमै हिउँदे अधिवेशन आाह्वान हुने बताएका थिए । यो भाका केही पर सार्दै उनले विभिन्न कार्यक्रमहरुमा पुसको पहिलो साता तेस्रो अधिवेशन आह्वान गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो भाका व्यतीत हुँदासमेत अधिवेशन कहिलेबाट सुरु हुन्छ भन्ने तय भएको छैन ।

प्रदेश १ संसदसँग प्रदेश नामाकरण, राजधानी र संसदीय समितिलाई पूर्णता दिनुपर्ने दायित्व छ । त्यस्तै संसदीय समिति सञ्चालनका लागि आवश्यक दर्जन बढी कानून निर्माण पनि अलपत्र अवस्थामा छन् ।

प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल अधिवेशन बोलाउन प्रदेश सरकारसँग माग गरेको छ ।

कांग्रेस संसदीय दलका सचेतक सूर्यराज राईले प्रदेश नामाकरण र राजधानीको विषयमा ठोस प्रस्ताव तयार गर्न नसक्दा संसद अधिवेशन आह्वानमा बिलम्ब भएको आरोप लगाए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले माघमा अधिवेशन आह्वान गर्ने गरी तयारी भइरहेको बताए ।

प्रदेशको नाम र राजधानीबारे नेकपाको केन्द्रीय सचिवालयले टुंगो लगाइसकेको बताइएको छ । यद्यपि, त्यो निर्णय अझै सार्वजनिक भएको छैन । स्रोतका अनुसार प्रदेशको नाम कोशी र राजधानी विराटनगरलाई तोक्ने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?