Comments Add Comment

क्यान्सरको लक्षण पनि हुनसक्छ लगातारको खोकी

चिसोमा खोकी लाग्छ, रुघा लाग्छ । हामी ठान्छौं, चिसोको कारण यस्तो भयो ।

स्वभाविक हो, चिसोले खोकीको मसस्या निम्त्याउँछ । तर, खोकी लाग्नुमा चिसो मात्र कारण हुँदैन । यदि लगातार खोकी लाग्छ भने शंका गर्नुपर्ने हुन्छ ।

किनभने सामान्यतः चिसोमा खोकीको समस्या धेरै हुने गर्छ । यस्ता खोकी पाँच देखि सात दिन भित्रमा आफै निको हुन्छ । त्यसैले, मानिसहरुले यस्ता खोकीलाई गम्भीरतापूर्वक लिदैनन् । कतिपय मानिसहरुले यस्ता खोकीको घरमै उपचार गर्छन् । सामान्य रुघाखोकीमा सामान्य औषधीको प्रयोगले खासै असर गर्दैन । तर लामो समयसम्म खोकी लागेमा, खोकी लगातार लागेमा तथा औषधीले पनि खोकी लाग्न कम नभएमा भने तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । किनकी हेर्दा सामान्य लाग्ने यस्ता समस्या कतिबेला गम्भीर बन्ने गर्छ, कसैलाई थाहा हुँदैन ।

खोकीको कारण फ्लू पनि हुनसक्छ 

चिसोका कारण खोकी लागेमा त्यस्ता खोकी धेरै दिनसम्म रहनसक्छ । चिसोका कारण देखिने  रुघाखोकी दुई प्रकारका हुन्छन् , सुख्खा र कफ भएको । यस्ता खोकी कफ सहितको भएमा वा गाढा खकार सहितको भएमा खासै डराउनु पर्दैन । किनकी फ्लूको समस्या भएमा पनि यस्ता समस्या देखिने गर्छ ।

फ्लूका कारण यो समस्या देखिएमा प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्नुका साथै आराम गर्नु पर्दछ । जसले गर्दा यो  साता भित्रमै निको हुने गर्छ ।

के गर्ने ?

फ्लुका कारण रुघाखोकी लागेमा डराउनु पर्दैन । एन्टीबायोटिक्सको पनि सेवन गर्नु पर्दैन । औषधी पसलमा पाइने सामान्य रुघाखोकीको औषधीले पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गरेर तथा आराम गरेर पनि यो समस्या कम गर्न सकिन्छ । त्यस्तै, पानीको बाफ लिएर तथा तातो पानी पिएर पनि यो समस्यालाई कम गर्न सकिन्छ । रातमा खोकीका कारण सुत्नमा समस्या भएमा टाउकाको मुनी अतिरिक्त तकिया राखेर सुतेका गहिरो निद्रा पर्दछ ।

धुमपानले पनि लाग्नसक्छ खोकी

धुमपान गर्नेहरुमा धुवाँका कारण पनि खोकी लाग्ने गर्छ । विशेषगरी, धुवाँका कारण सास नलीमा अवरोध भएमा खोकी लाने गर्छ । जसले गर्दा छातीबाट खकार निस्कने प्राकृति गति सुस्त हुने गर्छ, जसले गर्दा छातीमा जमेको खकार निकाल्न पनि धुमपान कर्तालाई खोक्नु पर्छ ।

धुमपानकर्ताहरुमा यस किसिमको खोकी विहानको समयमा धेरै लाग्ने गर्छ । त्यस्तै, धुमपानकै कारण उनीहरुमा क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज -सिओपिडी) लगायत खोकीसित सम्बन्धित अन्य विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि समस्या पनि धेरै हुने गर्छ । जस्तो कि हार्ट फेलियर पनि खोकीको एक ठूलो संकेत हुने गर्छ ।

के गर्ने ?

धुमपानका कारण खोकी लागेमा धुमपान छोड्नु पर्दछ । बजारमा धुमपानको तल छोडाउने विभिन्न औषधी पाइन्छ। त्यस्ता औषधीको सेवन गरेर पनि धुमपान त्याग्न सकिन्छ । विशेषगरी, लामो समयसम्म खोकी लागेमा खोकीका कारण सास लिनमा कठिनाई भएमा तथा सास नली फुलेमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।

कतै क्यान्सरको लक्षण त हैन खोकी ?

खोकी आफैमा एक सामान्य समस्या हो । कहिलेकाही मात्र यो गम्भीर हुने गर्छ । यसको बाबजुद कुनै समस्या देखिएमा वा कुनै गम्भीर लक्षण देखिएमा तुरुन्तै चिकित्सालाई देखाउनु पर्छ ।

किनकी धेरै जसो खोकी केही हप्तामा नै ठिक हुन्छ । तर यदी खोक लामो सयम सम्म निको नभए, खोकीमा खकार देखा परे, खोकी लागेर रगत वान्ता भए तुरुन्तै चिकित्सकलाई देखाएर यसको कारण कतै छातीको संक्रमण वा फोक्सोको क्यान्सर त हैन भनेर पत्ता लगाउन सकिन्छ ।

फोक्सोको क्यान्सर भएमा बारम्बार छाती दुख्ने, थकान महसुस हुने, गर्दन वा अनुहार सुन्निने, अचानक वजन कम हुने जस्ता लक्षण देखा पर्ने गर्छ ।

हुन त यी सबै लक्षण याद नहुन सक्छ  ।र, हालैमा भएको एक शोधले जनाए अनुसार एक तिहाई मानिसमा फोक्सोको क्यान्सरको कुनै लक्षण देखिदैन । त्यसैले, विना लक्षण नै गम्भीर संक्रमण निम्तनु भन्दा पहिले स्वास्थ्य सम्बन्धि कुनै पनि असामान्य लक्षण देखा परे तुरुन्तै चेकजाँच गराएर पनि यस्ता सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।

के गर्ने ?

खोकी लाग्दैमा क्यान्सर हुन्छ नै भन्नै छैन । तर जति छिटो रोगको पत्ता लाग्यो, त्यसको उपचार त्यति नै छिटो हुने भएकोले लक्षण देखा पर्नासाथ चिकित्सकलाई देखाउनु उपर्युक्त हुन्छ ।

खोकीको कारण दम त हैन ?

दम भएमा खोकी लाग्ने गर्छ । त्यसैले यसलाई दमको सामान्य लक्षण मानिन्छ । स्वाँ स्वाँसहितको खोकी वा विना स्वाँ स्वाँको खोकी पनि दमको कारण हुनसक्छ । विहान वा रातको समयमा लगातार वा बारम्बार खोकी लागेमा तुरुन्तै चिकित्सकलाई धेरै देखाउनु पर्छ । दम भएमा छाती कसिने तथा सास लिनमा समस्या हुने गर्दछ । दम भएमा कुनै विशेष कारण हुँदैमा खोकी लाग्दैन, जुन पराग, धुलोधुलोका कणका कारण हुने गर्छ ।

के गर्ने ?

यस्तो लक्षण देखिएमा तुरुन्तै चिकित्सकका जानु पर्छ । किनकी समयमै उपचार गरेमा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ  । अन्यथा,यसले कुनै पनि बेला गम्भीर रुप लिनसक्छ ।

फोक्सोको संक्रमणका कारण पनि लाग्नसक्छ खोकी

यदी खोकी तीन साता वा सो भन्दा अधिक समयसम्म रहिरहेमा तथा सास लिनमा कठिनाई भएमा, सास लिदाँ पिडा महसुस भएमा, छाती घ्यारघ्यार भएमा, सास फेर्दा आवाज आएमा, छाती पोलेमा वा अचानक तौल कम भएमा वा खाना निल्नमा समस्या भएमा पनि फोक्सोको संक्रमण, निमोनिया वा ब्रोनकाइटिस हुनसक्छ ।

विशेषगरी, खोकीका साथमा ज्वरो पनि आएमा र सास लिनमा कठिनाई हुनुका साथै खकारमा रगत देखिएमा सर्तक हुनु पर्दछ । किनकी निमोनिया जस्ता फोक्सोको संक्रमणका कारण पनि यी लक्षण देखा पर्ने गर्दछ । जसको निदानको लागि एन्टीबायोटिक औषधीको सेवन जरुरी हुन्छ ।

के गर्ने ?

यस्ता लक्षण देखा परेमा विभिन्न स्वास्थ्य जाँच गरेर पनि यस्ता संक्रमण भए नभएको पत्ता लगाउन सकिन्छ । यदी फोक्सो संक्रमण भएको देखा परेमा नियमित औषधीको सेवनका साथमा आराम गरेर पनि यो समस्यालाई कम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment