Comments Add Comment

हुम्ला चीनबाट भित्रियो ठूलो परिमाणमा अवैध रक्सी, ब्यापारीको पहिचान भएन

२९ पुस, हुम्ला । हुम्लामा पछिल्लो समय ठूलो मात्रामा चाइनिज रक्सी भित्रिने गरेको खुलेको छ । पछिल्लो समय ठूलो परिमाणमा प्रहरीले चाइनिज मदिरा बरामद गरेको छ ।

तीन महिनाको अवधिमा तीन हजार ८६ कार्टनु मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

चंखेली गाउापालिका-५ को टााके नाकाबाट सबैभन्दा धेरै दुई हजार ९०८ कार्टुन र सिमकोट गाउापालिका-५ च्वाखोलाबाट १६० कार्टुन चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको हो ।

पछिल्लो समय गत पुस २७ गते सदरमुकाम सिमकोटस्थित तीनधारा नजिकको पाखो बारीबाट १५ कार्टुन २ बोतल झिनिगिन्टी र ४२ बोतल चिनियाँ क्यान बियर बरामद गरेका थियो ।

उक्त मदिरा आइतबार मात्रै नष्ट गरेको छ । तर, मदिरा बरामद गरी नष्ट गर्ने गरेपनि प्रहरीले व्यापारी को हो भन्ने खुलाएको छैन । चाइनिज मदिरा बेवारिसे अवस्थामा भेटिएको प्रहरीले दावी गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक हरिहर खड्काले भने हालसम्म बेवारिसे अवस्थामै मदिरा भेटिने गरेको दावी गरे ।

प्रहरीले देख्ने बित्तिकै मदिरा व्यापारीहरु भागिहाल्ने भन्दै उनले आफू सदरमुकाम सिमकोटमा आउादासम्म बेवासरिसे अवस्थामै भेटिएको उनले बताए ।

स्थानीय ब्यापारीहरुले भने प्रहरीकै संलग्नतामा चाइनिज मदिरा भित्रिएको आरोप लगाउादै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment