+
+
Shares

सिद्धार्थ इन्स्योरेन्सले ल्यायो थप तीन नयाँ बीमा योजना

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ७ गते १३:०७

७ माघ, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले तीन नयाँ बीमा सेवाहरु थप गरेको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं र सिद्धार्थ इन्स्योरेन्सका अध्यक्ष रतनलाल केडियाले संयुक्तरुपमा सेवा आरम्भ गरे ।

सिद्धार्थ आदर्श नारी दुर्घटना बीमा महिलाहरुको आर्थिक सुरक्षालाई मध्यनजर गरेर ल्याइएको महिला मैत्री बीमा लेख भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार बीमालेखले बीमितको साथै नीजको पतिको समेत दुर्घट्ना बीमा जोखिम बहन गरेको छ ।

यसको साथसाथै बीमित अस्पताल भर्ना भएको उपचार खर्च समेत बहन गर्ने सम्बन्ध बिच्छेदको अवस्थाआई परेमा सो सम्बन्धमा आई पर्ने खर्च बहन गर्ने दुर्घटनाजन्य कारण (वाढी, पहीरो, आगलागी, भुईचालो) बाट घरायसी सामानको क्षति भएमा सो समेत जोखिमबहन गर्ने तथा सुत्केरी गराउने सिलसिलामा अपरेशन वा सुत्केरी हुन नसकी बीमितको मृत्यु भएमा जस्ता सेवा समावेश गरिएको छ ।

यस्तै अर्को महत्वपुर्ण बिमामा सिद्धार्थ पारिवारिक दुर्घटना बीमाले एकै परिवारका चार सदस्य श्रीमान, श्रीमती तथा दुई १८ वर्ष सम्मका सन्तान एकै बीमालेखमा समावेश गर्ने कम्पनी बताउँछ ।

वीमितको पति वा पत्नीको जोखिम समेत बहन गर्ने, साथै बीमितको १८ बर्ष सम्मका दुई वच्चाहरुको दुर्घट्ना जोखिम वहन गरिएको तथा एक परिवारलाई एकै बीमालेखले सुरक्षित गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै अको बीमा डाक्टर तथा चिकित्सा पेशामा रहँदा आइपर्ने कानूनी दायित्वको क्षतिपूर्ति प्रदान गर्ने उद्देश्यले प्रोफशनल इन्डेम्नीटिइ फर डक्टर्स एन्ड मेडिकल प्राक्टिनर्स बीमा रहेको छ ।

यस बीमालेखले प्रचलित अन्य बीमालेख भन्दा फरक ढङ्गले सामुहिक प्रतिबद्धता गरिएको रकम पनि क्षतिपूर्ति दिने जनाइएको छ । सोही कार्यक्रममा यस संस्थाले आफ्नो सद्भावनादूतको रुपमा पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बालाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?