+
+

नेपाललाई चौथो सफलता, कप्तान पारसले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १६:०६

११, माघ, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपालले दिएको ११४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको युएईले चौथो विकेट गुमाएको छ ।

युएईले चौथो विकेटको रुपमा मोहम्मद उस्मनलाई ६ रनमा गुमाएको हो । कप्तान पारस खड्काले उनलाई १३.२ ओभरमा आउट गराए । योसँगै युएईको १४ ओभरको समाप्तिमा चार विकेट गुमाएर ५३ रन भएको छ ।

यसअघि युएईका लागि सैमन अन्वारले ११, अष्फाक अहमद पाँच र चिराग सुरीले चार रन बनाएर आउट भए ।

नेपालका लागि भने करण केसीले दुई र सोमपाल कामीले एक विकेट लिएका छन् ।

यसअघि नेपालले ३३.५ ओभरसमा सबै विकेटको क्षतिमा ११३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?