+
+

नेपाललाई तेस्रो सफलता, बसन्तले लिए विकेट

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १५:२२

१७ माघ, काठमाडौं । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले यूएईको दोस्रो विकेट लिएको छ ।

यूएईका सीपी रिज्वान २२ रनमा आउट भए । नेपालका लागि बसन्त रेग्मीले विकेट लिए । लेग एम्पाएरसँगको सल्लाहपछि रिज्वानलाई आउट भएको संकेत देखाएका हुन् ।

युएईका घुलाम शब्बेर आठ रनमा आउट भए । त्यस्तै, अष्फाक अहमद दुई रनमा आउट भए । युएईले महत्वपूर्ण दुई विकेट सस्तैमा गुमाएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएका छन् ।

सात ओभरको समाप्तिमा यूएईको तीन विकेटको क्षतिमा ४३ रन भएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा यूएईले टस हारेर पहिले ब्याटिङ गरेको हो । तीन खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा शतप्रतिशत जित हात पार्ने लक्ष्य बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?