
३ फागुन, काठमाडौं । नेपाली महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी म्यानमारकी यु यु उ सँगै हिरो महिला गोल्डकपमा सर्वाधिक गोलकर्ता बनेकी छिन् ।
प्रतियोगितामा दुवैले ४–४ गोल गरेका थिए । दुवैले संयुक्त रुपमा एक लाख भारतीय रुपैयाँ पुरस्कार पाए ।
यस्तै म्यानमारकी जार जा म्या उत्कृष्ट गोलकिपर बनिन् । उनले एक लाख भारतीय रुपैयाँ पुरस्कार पाइन् ।
हिरो मोस्ट भ्यालुएभल प्लेयर म्यानमारकी विन फ्याङ्गी तुङ बनिन् । उनले १ लाख ५० हजार भारतीय रुपैयाँ पुरस्कार पाइन् ।
फेयर प्ले टिमको अवार्ड पनि म्यानमारले नै जित्यो । जसमा म्यानमारले ३ लाख भारतीय रुपैयाँ जित्यो ।
प्रतियोगितामा उपविजेता बनेको नेपालले पाँच लाख भारतीय रुपैयाँ पुरस्कार पायो । यस्तै विजेता म्यानमारले सात लाख भारतीय रुपैयाँ जित्यो ।
यो पनि पढ्नुहोस् : महिला फुटबल : इतिहास रच्नबाट चुक्यो नेपाल, फाइनलमा पराजित
प्रतिक्रिया 4