
बलिउड नायिका आलिया भट्ट र नायक रणवीर कपुर अहिले प्रेममा छन् । यी दुइको प्रेमको खबरले आलियाको करिअरको चर्चा कम हुन थालेको छ । हालैमात्र चलचित्र ‘गल्ली ब्वाइ’को विशेष शोमा आलिया र रणवीरविचको सम्बन्धमा दरार आएको चर्चा सुरु भएको थियो ।
तर, मिडिया कुराकानीमा आलियाले आफ्नो प्रेम सम्बन्धको बिषय हेडलाइन्स बनेकोमा खुशी व्यक्त गरेकी छिन् । आलियाले कही आफू दुखी देखिएको जस्तो फोटो सार्वजनिक भएको भए, त्यो आफ्नो सम्बन्धका कारण नभई आराम गर्न नपाएको अनुहारका कारण भएको पनि उल्लेख गरेकी छिन् ।
आलिया रणवीरसँगको प्रेम सम्बन्धको खबरमा आएसँगै उनको बिहेको बिषयमा पनि गसिप बनिरहेको छ । तर, आलियाले भने आफू अहिले नै रणवीरसँग बिहेको तयारीमा नरहेको पनि स्पष्ट पारेकी छिन् । उनले, यस्ता खबरले आफूलाई दिक्क भने लाग्न थालेको पनि बताएकी छिन् ।
आलियाले भनिन्–‘म हाम्रा प्रेम सम्बन्धमा खुशी छु । तर, अहिले नै म बिहेको तयारीमा छैन । म अहिले आफ्नो काममा नै रमाइरहेकी छु ।’
प्रतिक्रिया 4