+
+

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १५ गते १६:४५

१५ फागुन, काठमाडौं । बुधबार सेयर बजारमा सुधार आएको छ । २ दशमलव ९७ अंकले सुधारिएर बुधबार नेप्से परिसूचक १ हजार १ सय ५ दशमलव ५३ अंकमा पुगेको हो । यस अघि मंगलबारको कारोबारमा ७ अंक बढीले परिसूचकमा गिरावट आएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार आएको छ । दिनभर भएका ३ हजार ९ सय ९६ कारोबारबाट विभिन्न कम्पनीको ८ लाख ९ हजार ४ सय ६३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम करिब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल सटक एक्सचेञ्जका अनुसार बुधबार २१ करोड ९९ लाख ३९ हजार २ सय ६१ रुपैयाँको सेयर किनबेच भएको छ । यस अघि मंगलबार १६ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

यसदिन कारोबार रकमका आधारमा नेपाल बैंक पहिलो नम्बरमा देखिएको छ । नेपाल बैंकको १ करोड ६४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?