
नायक आर्यन सिग्देलले काम गरिरहेका चलचित्रलाई हेर्ने हो भने, उनको गुमेको स्टारडम फेरि फर्किने संकेत देखिएको छ । विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनी सम्म’ले आर्यन सिग्देललाई केन्द्रमा राखेको छ । यसैले पनि यो चलचित्रको व्यापारले आर्यनलाई ठूलो फाइदा मिल्नेछ । ‘किस्मत’ डेब्यू नायकको केही बर्ष अघिसम्मको हाइप लोभलाग्दो थियो । आर्यनको चकलेटी अनुहारलाई लिएर यूवायूवतीमा गज्जबको क्रेज थियो ।
तर, आर्यनले धेरै चलचित्रमा काम गर्दा उनको क्रेज गुमेको थियो । आर्यन अब पुरानो क्रेज फर्काउने दाउमा लागेका छन् । आर्यनले ‘हजार जुनी सम्म’पछि साम्तेन भुटियाको चलचित्र ‘चच हुई’को पनि छायांकन प्रारम्भ गरिसकेका छन् ।
आर्यनको खोजी अहिले फेरि चलचित्र क्षेत्रमा बढेको छ । आर्यनले लय नगुमाएको भए उनको क्रेज अहिले पनि उस्तै हुन्थ्यो भन्ने कुरामा त दुइमत छै्रन । तर, अब आर्यनले बिषयवस्तुलाई हेरेर कम चलचित्रमा काम गर्ने हो भने उनको लोभलाग्दो क्रेज फर्कन सक्छ ।
प्रतिक्रिया 4