+
+

जब पाइलटले आकाशमै लेखे, ‘मलाई दिक्क लाग्यो’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १७ गते १६:२५

विमान उडाउने पाइलटको जागिर सबैभन्दा उत्कृष्ट लाग्दछ हामीलाई । धेरैको लागि पाइलट बन्नु दिवास्वप्न जस्तै हो । तर यो जागिर बाहिरबाट देख्दा जति ग्लामरस देखिन्छ, पाइलटहरु स्वयंका लागि भने निकै दिक्कलाग्दो हुँदो रहेछ । हालै एकजना अस्ट्रेलियाली पाइलटले यसको उदाहरण पेश गरेका छन् ।

परीक्षण उडानका क्रममा लगातार ३ घण्टासम्म आकाशमा रहनुपर्दा ती पाइलट यति ‘बोर’ भएछन् कि उनले आकाशमै रहेको बेला लेखे,‘मलाई निकै बोर लागिरहेको छ।’

समाचार अनुसार केही दिनअघि अस्ट्रेलियाको एडिलेटमा पाइलट तालीमका क्रममा परीक्षण उडान चलिरहेको छ । त्यसक्रममा डायमण्ड स्टार जहाज झण्डै ३ घण्टासम्म आकाशमा उडाउनु पर्दथ्यो । त्यो पनि समान उचाई र गतिका साथ । तर जहाज उडाइरहेका एकजना पाइलटलाई दुई घण्टापछि नै दिक्क लाग्न थाल्यो ।

त्यसपछि उनले जहाजभित्रै दक्षिण अस्ट्रेलियाको आमन क्षेत्रको दृश्यलाई बनाएर त्यसमा रोचक चित्र तयार पारे । अनि सोही क्यानभासमा लेखे, ‘आइ एम बोर्ड’ ।

आकाशमा दिक्क मान्ने ती पाइलटको नाम चाहीँ खुलाइएको छैन । तर उनी एकजना पाका उडान प्रशिक्षक थिए ।

उनले बनाएको त्यो चित्र सोसल मिडियामा भाइरल बन्यो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?