+

क्रिकेट अवार्ड आज, कुन विधामा कसले मार्ला बाजी ?

२०७५ फागुन  २१ गते ७:२५ २०७५ फागुन २१ गते ७:२५
क्रिकेट अवार्ड आज, कुन विधामा कसले मार्ला बाजी ?

२१ फागुन, काठमाडौं । क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ आज हुदैछ ।

काठमाडौंमा हुने कार्यक्रममा क्रिकेटका विभिन्न विधामा पहिलो पटक अवार्ड वितरण गर्न लागिएको हो । वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ ।

त्यस्तै, २०१८-२०१९ मा उत्कृष्ट मोमेन्ट अफ द इयर र लाईफटाइम अचिभमेन्ट अवार्ड पनि रहेका छन् । मोमेन्ट अफ द इयरको १० उत्कृष्ट क्षण यसअघि नै सार्वजनिक भइसकेको छ भने लाईफटाइम अचिभमेन्ट अवार्डबाट एक जना पुरस्कृत हुने छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा यसअघि नै ५-५ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

वर्ष क्रिकेट खेलाडी पुरुष विधामा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी छन् ।

त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिला इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।

त्यस्तै, उदयीमान क्रिकेट खेलाडीको अवार्डमा सन्दीप जोरा, अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र रोहितकुमार पौडेल मनोनयनमा छन् ।

वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।

 

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय